विश्व क्यान्सर दिवसमा अन्तरक्रिया

डिसी नेपाल
२१ माघ २०७६ २२:४९

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदूषण, अत्यधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले प्रत्येक वर्ष २० हजार मानिसले क्यान्सर रोगका कारण जीवन गुमाइरहेका छन् ।

विश्व क्यान्सर दिवसमा क्यान्सर काउन्सिल नेपालद्वारा यहाँ मंगलबार आयोजित अन्तक्र्रियामा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सो तथ्याङ्क प्रस्तुत गरे । डा पौडेलका अनुसार ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारणले लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बिताउनुका साथै सुर्तीजन्यपदार्थबाट टाढा बस्नुपर्ने बताए ।

उनले भने, “नेपालमा अभैm पनि क्यान्सर लागेपछि बाँच्न सकिँदैन् भन्ने भ्रम रहेकाले त्यसलाई हटाउनुपर्ने आवश्यकता छ, शुरुआती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढी हुँदा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।” डा पौडेलले ४० वर्ष नाघेका महिलाले नियमित पाठेघरको मुखको परीक्षण र ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिन नियमित परीक्षण गराउनुपर्ने सुझाव दिए।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर, मुटु, दम, मधुमेह रोकथाम गर्न जनचेतना जगाउनुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *