विश्व क्यान्सर दिवसमा अन्तरक्रिया

डिसी नेपाल
२१ माघ २०७६ २२:४९

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको असर, वातावरणीय प्रदूषण, अत्यधिक मात्रामा विषादीको प्रयोग र आधुनिक किसिमको जीवनशैलीले प्रत्येक वर्ष २० हजार मानिसले क्यान्सर रोगका कारण जीवन गुमाइरहेका छन् ।

विश्व क्यान्सर दिवसमा क्यान्सर काउन्सिल नेपालद्वारा यहाँ मंगलबार आयोजित अन्तक्र्रियामा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले सो तथ्याङ्क प्रस्तुत गरे । डा पौडेलका अनुसार ३० देखि ५० प्रतिशत क्यान्सर खानपान र जीवनशैलीका कारणले लाग्ने हुँदा यसबाट जोगिन सक्रिय जीवन बिताउनुका साथै सुर्तीजन्यपदार्थबाट टाढा बस्नुपर्ने बताए ।

उनले भने, “नेपालमा अभैm पनि क्यान्सर लागेपछि बाँच्न सकिँदैन् भन्ने भ्रम रहेकाले त्यसलाई हटाउनुपर्ने आवश्यकता छ, शुरुआती अवस्थामै क्यान्सर रोग पहिचान र उपचार गर्न सकेमा उपचार खर्च कम हुने र उपचारको प्रभावकारिता बढी हुँदा बिरामीलाई जतिसक्दो चाँडो अस्पताल जान प्रोत्साहन गर्नुपर्छ ।” डा पौडेलले ४० वर्ष नाघेका महिलाले नियमित पाठेघरको मुखको परीक्षण र ५० वर्ष नाघेका पुरुषले फोक्सोको क्यान्सरबाट जोगिन नियमित परीक्षण गराउनुपर्ने सुझाव दिए।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले क्यान्सर, मुटु, दम, मधुमेह रोकथाम गर्न जनचेतना जगाउनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *