बाँके, बर्दियालाई कर्णालीमा मिसाउन मन्त्री ज्वालाको आग्रह

डिसी नेपाल
२३ माघ २०७६ २२:०३

नेपालगञ्ज । कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन आग्रह गरेका छन् ।

बाँकेको कोहलपुरमा बिहीबार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले भाषा, संस्कृति रहनसहन मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अङ्गका रुपमा बाँके बर्दिया समाहित हुन सक्ने बताए ।

बर्दियाको राजापुर र बाँकेको नेपालगञ्ज नाका विना कर्णाली प्रदेश अपूरो भएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *