मुगुमा पनि भेटिन्छन् ब्राउन सुगर सेवन गर्नेहरु

डिसी नेपाल
२४ माघ २०७६ १८:५१

मुगु। गत साउन ७ गते मुगुस्थित रारा विमानस्थलबाट २ ग्राम २५ मिली ग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो। हिरासतमा २२ दिनसम्म बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोही महिनाको २९ गते १ लाख २० हजार धरौटीमा उनी छुटे।

गत कार्तिक १८ गते रारा विमान स्थलबाटै एक अर्का २४ वर्षिय युवकलाई पनि नाईट्राभेट ३५ र ट्रमाडोल ४ ट्याब्लेट लागु औषधसहित प्रहरीले नियन्त्रणमा लियो।

युवक एक महिना हिरासतमा बसेर मंसिर १८ गते अदालत कै आदेश अनुसार १ लाख धरौटीमा रिहा भए।

माघ महिनाको २१ गते सदरमुकामको कृष्ण चोक नजिक रहेको चन्दननाथ होटलबाट ०।१० मिलीग्राम ब्राउन सुगरसहित एक जोडी युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। उनीहरुमाथी अहिले थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

गत साउन यता नेपाल प्रहरीले लागुऔषध सम्वन्धमा ९ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाइरहेको छ।

यो अवधीमा प्रतिवादीबाट प्रहरीले २ ग्राम ६३ मिलीग्राम ब्राउन सुगर, १७३० ग्राम ९५ मिलीग्राम चरेश र नाईट्राभेट ३५, ट्रमाडोल ४ टयाब्लेट बरामत गरेको छ।

पछिल्लो समय जिल्लामा युवायुवतीहरु चरेश, ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषध दुर्व्यसनमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसारमा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी विशेषरुपमा खटिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वर प्रसाद साहले बताए।

उनका अनुसार लागुऔषध सेवन र ओसारपसारलाई शून्यमा झार्न पछिल्ललो समय मुगु प्रहरी यसका बिरुद्ध आक्रामक बनेको छ।

कडा कदम प्रहरीले चालेपछि लागुऔषध नियन्त्रणको परिणाममा सफलता मिल्दै आएको जिप्रका मुगुले जनाएको छ। लागुऔषध नियन्त्रणमा शून्य सहनशिलता अपनाउन सुरक्षाकर्मी लाई निर्देशन दिइएको प्रहरी नायव उपरिक्षक साहले बताए।

गत साउन यता जिल्लामा ८ वटा लागुऔषध घटनामा ९ जनाविरुद्ध मुद्दा चलेर धरौटीमा छुटेका र २ जनामाथिी अनुसन्धान चलिरहेको प्रनाउ साहले बताए। अघोषित रुपमा मुगु जिल्लालाई लागुऔषध निषेधित जिल्ला बनाउने अभियानमा नेपाल प्रहरी लागेको उनको भनाइ छ।

लागुऔषध सेवनकारी र कारोवारी बढदै गएपछि प्रहरी कठोर रुपमा प्रस्तुत भएको र दिनरात नभनी नाकानाका र संकास्पद स्थानमा चेकजाँच बढाएको प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारीले अपराध र लागुऔषध नियन्त्रणमा सहयोग गत वर्ष लागुऔषध घटनामा १ जना प्रतिवादी रहेको र विभिन्न घटनाका विरुद्ध ४१ वटा उजुरी परे भने यो वर्षको मध्यमै लागुऔषधमा ९ वटा सहित कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ।

बिगतका वर्षभन्दा यो वर्षको शुरुदेखिनै यस जिल्लामा लागुऔषध नियन्त्रणमा सुरक्षा निकाय कडाइका साथ लागिपरेकोले सेवन कर्तालाई नियन्त्रणमा लिन सफल हुँदै आएको साहको भनाइ छ।

गृहमन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्ला स्तरसम्म संचालित छ।

प्रत्येक समितिमा स्थानीयको सहभागिता छ। मुगु जिल्लामा २ सय ७० वटा टोल, वडा, विद्यालय र जिल्लास्तरीय समिति गठन भएका छन्।

समुदाय प्रहरी साझेदारीले गाँउघर कतै झैझगडा,अस्वभाविक कृयाकलाप र लागु औषधको कारोवार भएमा स्थानीय समितिका सदस्यहरुले सिधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले विभन्न अपराधिक घटना र लागुऔषधको कारोवारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको पनि प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *