बिजुली नआएपछि पोलमै पराल
सुर्खेत । घर नजिकै बिजुलीका पोल गाडिएको लामो समयसम्म पनि बिजुली बत्ती नबलेपछि स्थानीयले पोललाई टौवाको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
पोल गाडेको करिब सात वर्ष बितिसकेको छ । पोल गाडेको यतिका समय भइसक्दा पनि कसैले बिजुली जोड्न सरोकारवाला निकायले चासो नदिएको स्थानीयको गुनासो छ ।
गाउँपालिकाको बजेटबाट भए पनि बिजुली बत्ती बाल्नुपर्ने कालिमाटी गाउँपालिका–३ कालीमाटीका इन्द्रलाल भण्डारी बताउँछन् ।
‘जनप्रतिनिधिहरुलाई सोध्दा आउँछ भनेर आश्वासन मात्र दिन्छन्,’ उनले भने, ‘गाडेका पोल पनि ढल्न थालिसके, हाम्रा बाउबाजेले टुकीको भरमै आए पनि हाम्रा छोराछोरीले पनि त्यस्तै अवस्था रहन्छ कि भन्ने चिन्ता छ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment