एन्फाद्वारा सागमा स्वर्ण पदक विजेता टिमलाई नगद पुरस्कार घोषणा
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले गएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक विजेता टिमलाई पुरस्कारको घोषणा गरेको छ।
आइतबार बसेको एन्फाको बैठकले सागमा स्वर्ण पदक विजेता नेपाल यू २३ टिमलाई ५ लाख ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको हो। यस्तै सागमा सहभागी नेपाली महिला फुटबल टिमलाई एकलाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने एन्फाले जनाएको छ।
एन्फाले आइतबार विभिन्न ५ वटा निर्णय गरेको एन्फाले जनाएको छ। एन्फाका अनुसार बी डिभिजन लीगमा सहभागी हुने प्रत्येक टिमलाई १० लाखका दरले तयारी रकम दिने एन्फाले जनाएको छ। बी डिभिजनको च्याम्पियनलाई १५ लाख, उपविजेतालाई ८ लाख, तेस्रो टिमलाई ५ लाख र चौथो हुने टिमलाई ३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको एन्फाले जनाएको छ।
यस्तै सी डिभिजन लीगमा सहभागी क्लबलाई तयारीका लागि ७ लाख रुपैयाँ दिने एन्फाले जनाएको छ। यस्तै महिला फुटबल लीगको पुरस्कार राशी पनि एन्फानले घोषणा गरेको छ। च्याम्पियनले १५ लाख पुरस्कार पाउने छ भने, उपविजेताले ८ लाख, तेस्रोले ५ लाख र चौथो टिमले ३ लाख पुरस्कार पाउने छ।
एन्फाको बैठक आइतबार अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा बसेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment