प्रहरी र कर्मचारीले कुर्छन् बेवारिसे शव, फ्रिज प्रयोगविहीन

डिसी नेपाल
२७ माघ २०७६ ८:१७

लमही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृह बजेट अभावले निर्माण रोकिएपछि शव राख्ने फ्रिज त्यत्तिकै थन्किएको छ।

प्रतिष्ठानलाई शवगृह सञ्चालनमा ल्याउन आर्थिक अभाव रहेको र तत्कालीन उपक्षेत्रीय अस्पताल हुँदा ल्याइएको फ्रिजसमेत उपयोग नभएको प्रतिष्ठानका रजिस्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

उनले शवगृह सञ्चालनमा ल्याउन बजेटको व्यवस्था गर्न सरकारसित माग गर्दै शवगृहमा फ्रिज भएमा बेवारिसे अवस्थामा रहेका शव व्यवस्थापनमा सहज हुने बताए ।

बेवारिसे अवस्थामा शवले स्वास्थ्य संस्था नै दुर्गन्धित हुने र शवपरीक्षणमा समेत समस्या हुने बताइएको छ।

शवगृह निर्माण भएमा पाँचदेखि सातजनाको शव राख्न सकिने र गर्मीयाममा शव कुहिने समस्या हट्ने प्रहरीले जनाएको छ।

अस्पताल प्रमुख रमिता गौतमले शवगृह जीर्ण हुँदा प्रहरी र अस्पताल कर्मचारी बेवारिसे शव कुर्नुपर्ने बाध्यता रहँदै आएको बताए ।

घोराही उपमहानगरपालिका–१ का वडाध्यक्ष राममणि पाण्डेले अस्पतालले शवगृह निर्माण गर्न बजेट माग गरेर निवेदन दिएमा बजेट उपलब्ध गराइने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *