सिरहामा तीन बालविवाह रोक

डिसी नेपाल
२८ माघ २०७६ १९:४४

लहान । सिरहा प्रहरीको सक्रियतामा निश्चित भएको तीन बालविवाह रोकिएको छ । बालिकाको उमेर नपुगी बालविवाह भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाल विवाह रोकेका हुन्।

कर्जन्हा नगरपालिका–६ निवासी रिझन मुखियाको छोरी रन्जुकुमारी मुखिया, मिर्चैया नगरपालिका–१ निवासी श्रीराम कापैरको छोरी सङ्गीता कापैर र कल्याणपुर नगरपालिका–१ निवासी राम नरेश माझीको छोरी गनिता माझीको विवाह रोकिएको हो ।

तीनवटै बालिकाको उमेर २० वर्ष नपुगेकाले हुन लागेको विवहलाई स्थानीय भद्रभलादमी बुद्धिजीवी तथा जनप्रतिनिधिको रोवहरमा रोकेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उमेर नपुगेकोले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने सर्वपक्षीय सहमति भएको प्रहरी उपरीक्षक चतुर्वेदिले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *