‘ए’ डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो।
पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा गर्यो ।
हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए।
त्यसपछि खेलको ५६औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा रहेको छ।
पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment