मेस्सीको कारण आफुले राम्रो खेल्न नसकेको ग्रिजम्यानको आरोप
एजेन्सी । स्पेनिश क्लब बार्सिलोनाका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले मेस्सीका कारण आफूले राम्रो खेल प्रदर्शन गर्न नसकेको आरोप लगाएका छन् ।गत सिजनको अन्त्यमा एट्लेटिको मड्रिडबाट १२० मिलियन पाउन्डमा बार्सिलोना आएका उनी लामो समयदेखि संघर्ष गरिरहेका छन् भने उनले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।
ग्रिजम्यानका अनुसार फ्रान्सले २०१८ को विश्वकप जितेको कुरालाई लिएर मेस्सी उनीसँग रुष्ट छन् । उनले मेस्सीमाथि आरोप लगाउँदै उनलाई आफूदेखि इर्ष्या लागेको समेत बताएका छन् ।
‘उनीहरु कोही पनि मलाई गलत भन्न सक्दैनन् । म संघर्ष गर्न छाड्ने छैन र मुस्कुराउन पनि छाड्ने छैन’, ग्रिजम्यानले भने । बार्सिलोनामा आएदेखि मेस्सी र ग्रिजम्यानको सम्बन्ध राम्रो नभएको बताइए पनि मैदानमा भने दुई खेलाडीको सम्बन्ध राम्रै भएको देखिन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment