ए डिभिजन लिगः सरस्वतीको पोष्टमा संकटाको आधा दर्जन गोल

डिसी नेपाल
१ फागुन २०७६ १७:३८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा संकटा क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोमा बिहिबार भएको खेलमा संकटाले रेलिगेशनमा परेको टिम सरस्वती युथ क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे । यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरे ।

फराकिलो जितसँगै संकटाले लिगको सुखद अन्त्य गरेको छ । तर, संकटा शीर्ष ६ मा पुग्न भने असफल भयो । संकटाले १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ । सरस्वतीले भने हारबाट शीर्ष डिभिजन लिगको अन्त्य गर्दै बी डिभिजनमा झरेको छ। पुछारको सरस्वतीले १३ खेलमा मात्र ४ अंक जोड्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *