प्रेम दिवसमा प्रस्ताव अस्वीकार भएपछि सिन्धुलीमा प्रहरी जवानले आफैंलाई गोली हाने

डिसी नेपाल
२ फागुन २०७६ १३:२९

सिन्धुली। सिन्धुलीमा एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । प्रेम दिवसको अवसर पारेर ती प्रहरी जवानले आफूले मन पराएकी सहकर्मी महिला प्रहरीलाई आज बिहान प्रेम प्रस्ताव राखेका थिए । तर, ती महिला प्रहरीले प्रस्ताव अस्वीकार गरिन् । प्रस्ताव अस्वीकार भएपछि दुःखी प्रहरी जवानले आफूले मन पराएकी महिला प्रहरीकै राइफल खोसेर आत्महत्याको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान २२ वर्षीय चन्द्रकिशोर रायले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको निवासको गेटमा ड्युटीमा रहेकी एक महिला प्रहरीको राईफल तानी आफैँलाई गोली हानेका हुन् । बन्दुकको गोली पेटको दाहिने कोखामा लागेको बताइएको छ ।

रायको सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रहरी अस्पताल काठमाडौँ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ । जानकारी अनुसार ती महिला प्रहरीलाई रायले निकै नै मन पराउँथे र विवाह गर्ने समेत जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जानकारी गराएका थिए । सोहि कारणले भ्यालेन्टाइन डेको दिन बिहानै घटना भएको हुन सक्ने स्रोतले जनायो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *