ए डिभिजन लिगको उपाधिको छिनोफानो हुने खेलमा बिमल घर्तीमगर खेल्न पाउने

डिसी नेपाल
२ फागुन २०७६ १४:१७

काठमाडौं। प्रतिबन्धमा परेका नेपाली फुटबलर बिमल घर्तीमगर शहीद स्मारक ए डिभिजन लिगको उपाधिको छिनोफानो हुने खेलमा खेल्न पाउने भएका छन् । भोलि दिउँसो हुने खेलमा बिमलको प्रतिबन्धको अवधि सकिने भएकोले उनी खेल्न पाउने भएका हुन् ।

बिमलमाथि एन्फाको अनुशासन कमिटीले नोभेम्बर १४ देखि लागू हुने गरी ९० दिनको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यो ९० दिन आज फेब्रुअरी १४ मा पूरा भएको छ । यसँगै शनिबार उनी खेल्न पाउने भएका हुन् । भोलि हुने नेपाल आर्मी र मच्छिन्द्रबीचको लिगको अन्तिम खेलबाट उपाधिको छिनोफानो हुनेछ । अहिले आर्मी २९ अंकसहित शीर्षमा छ भने मच्छिन्द्र २८ अंकसहित दोस्रो स्थानमा छ ।

मच्छिन्द्रले बिमल घर्तीमगरलाई भोलिको खेलमा खेलाउने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी मछिन्द्रले अन्तिम खेलमा बिमललाई खेलाउने जानकारी दिएको हो । यस सिजनको लिगको उपाधि जित्नको लागि मच्छिन्द्रलाई भोलिको खेल जित्नैपर्ने दबाब छ । तर, आर्मीले भने भोलिको खेल बराबरी खेलेमा पनि उपाधि जित्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *