ईस्टर्न रिजनका लागि राष्ट्रिय टिमको घोषणा, भुवनको पुनरागमन, रोहित बाहिर

डिसी नेपाल
२ फागुन २०७६ १७:५९

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार १४ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले १८ सदस्सीय प्रारम्भिक टोलीबाट अन्तिम टोलीको घोषणा गरेको हो ।

अन्तिम टोलीमा भुवन कार्कीले पुनरागमन गरेका छन् । भुवन सन् २०१५ पछि पहिलो पटक टिममा परेका हुन् । भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन–२ खेलेका थिए । यस्तै किशोर महतो पहिलो पटक टिममा परेका छन् । नियमित सदस्य रोहित कुमार पौडेल टिमबाहिर रहेका छन् ।

ईस्टर्न रिजन प्रतियोगिता फेब्रुअरी २९ देखि मार्च ६ सम्म थाईल्याण्डमा हुनेछ । प्रतियोगिताको फाईनल पुग्ने टिमले एसिया कपको छनोट खेल्न पाउनेछ । प्रतियोगितामा नेपालसहित सिंगापुर, हङकङ, मलेसिया, भुटान र म्यानमार छन् ।

नेपाली टिमः

ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *