च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीलाई प्रतिबन्ध
एजेन्सी । ईंग्लिस क्लब म्यानचेष्टर सिटी प्रतिबन्धमा परेको छ। यूरोपियन फूटबलको सर्वोच्च निकाय यूईएफएले सिटीलाई दुई सिजनको च्याम्पियन्स लिग खेल्न नपाउने गरि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।
सिटीले सन् २०२०/२१ र २०२१/२२ को च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ। क्लबले लाईसेन्स प्रक्रिया र आर्थिक निष्पक्षमा गम्भिर नियम उल्लंघन गरेको बताइएको छ। यस्तै यूईएफएले सिटीलाई ३० मिलियन यूरो जरिवाना पनि लगाएको छ।
म्यानचेष्टर सिटीले भने उक्त निर्णयबाट निराश भएको बताएको छ। यस्तै सिटीले निर्णयलाई पूर्वाग्राही बताएको छ। सिटीले एक विज्ञप्ति निकाल्दै यसको विरुद्धमा अपिल गर्ने बताएको छ। सिटीले उक्त निर्णयविरुद्ध मध्यस्थता अदालतमा निर्णय गर्न पाउनेछ। जारी च्याम्पियन्स लिगमा सिटी ६ खेलमा ४ जितसहित १४ अंकका साथ समूह सीको शीर्ष स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment