अमेरिकाको सबैभन्दा ठूलो बास्केटबल लिगमा टिमका सबै खेलाडीको जर्सी नम्बर एउटै हुने

डिसी नेपाल
३ फागुन २०७६ १०:०६

शिकागो। अमेरिकाको बास्केटबल लिग एनबीएमा आइतबार अल स्टार गेम हुँदैछ । यस पटक यो प्रतिस्पर्धा दिवंगत स्टार बास्केटबल खेलाडी कोबी ब्रायन्टप्रति समर्पित हुनेछ । २६ जनवरीमा हेलिकप्टर दुर्घटनामा पाँच पटकका एनबीए च्याम्पियन कोबी ब्रायन्ट, उनकी १३ वर्षकी छोरी जियानासहित ९ जनाको ज्यान गएको थियो ।

आइतबार लेब्रोन र जियानिजबीच हुने खेलमा लेब्रोनको टिमका सबै खेलाडीले २ नम्बर जर्सी लगाउनेछन् भने जियानिजका सबै खेलाडीले २४ नम्बरको जर्सी लगाउनेछन् । यो ब्रायन्टप्रति श्रद्धाञ्जलीको लागि गरिएको हो । कोबी ब्रायन्टले २४ नम्बर जर्सी र उनकी छोरी जियानाले २ नम्बर जर्सी लगाएर मैदानमा उत्रिन्थे । हरेक खेलाडीको जर्सीमा ९ वटा स्टार हुनेछन् । दुर्घटनामा ज्यान गुमाउने ९ जनाप्रति श्रद्धाञ्जलीको लागि यस्तो गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *