नेपाल बैंक हेटौंडाका कर्मचारीलाई काट्छु भन्दै खुकुरी बोकेर बैंकमा छिरेपछि…

डिसी नेपाल
३ फागुन २०७६ ११:२४

काठमाडौं। नेपाल बैंक लिमिटेड हेटौंडा शाखाका कर्मचारीलाई काट्न भन्दै खुकुरी बोकेर बैंकभित्र प्रवेश गरेका एक व्यक्ति पक्राउ परेका छन् । बैंकमा सुन धितो राखेर रकम निकाल्ने विषयमा विवाद भएपछि उनी खुकुरी लिएर कर्मचारीमाथि जाइलाग्न खोजेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

खुकुरी बोकेर बैंक पस्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ का ४४ वर्षीय गजेन्द्रराज गिरीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनी शुक्रबार १२ बजे हतियारसहित हेटौंडा ४ मा रहेको बैंकको शाखामा प्रवेश गरेका थिए । त्यसपछि उनले बैंकका शाखा प्रबन्धकलाई काटछु भन्दै धम्की दिएपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सादा पोशाकमा खटिएका ५ जना प्रहरीको टोलीले गिरीलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ गर्ने बेला समेत उनले प्रहरीलाई नै खुकुरी ताकेका थिए। त्यसपछि प्रहरीले पेस्तोल ताकेर गोली हान्छु भनेपछि उनले खुकुरी उज्याउन छाडेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउपछि गिरीले बैंकमा बिहीबार सुनका गहना राखेर कर्जा लिन लाग्दा सुन नक्कली होला मिल्दैन भनेपछि पख देख्लास् भन्दै बाहिरिएका थिए। त्यसको भोलिपल्ट शुक्रबार उनी सोही रिसिइबी साँध्न बा ५ च २६२५ नम्बरको गाडीमा खुकुरी हालेर बैंक पुगेका थिए। प्रहरीले उक्त कार खुकुरीसहित नाइनस्टिक १ थान, बेल्टको बल्क फिट भएको १ थान चक्कु बरामद गरेको छ। गिरी यसअघि पनि गत कात्तिकमा सिम टिभीको कार्यालय तोडफोडमा संलग्न भई कारबाही भएर छुटेको व्यक्ति भएको पाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *