ए डिभिजन लिगको अन्तिम र निर्णायक खेल आज, आर्मी र मछिन्द्र भिड्दै

डिसी नेपाल
३ फागुन २०७६ १२:१९

काठमाण्डौं। शहीद स्मारक ए डिभिजन लिगको ४३औं संस्करण आजबाट सकिँदैछ । आज यो संस्करणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब प्रतिष्पर्धा गर्दैछन् ।

यही खेलले उपाधिको छिनोफानो पनि गर्नेछ । लिग तालिकाको शीर्ष स्थानमा आर्मी छ भने एक अंक कम रहेको मछिन्द्र दोस्रो स्थानमा छ । १२ खेलमा दुबै टिमले नौ जित, दुई बराबरी र एक हारको नतिजा निकालेका छन् । तर, अघिल्लो संस्करणको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्र एक अंकको कारवाहीका कारण पछि छ ।

तालिकामा आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ भने मछिन्द्र २८ अंकसहित दोस्रो स्थानमा छ । क्लब इतिहासमै पहिलो लिग जित्ने लक्ष्यमा रहेको मछिन्द्रलाई जित अनिवार्य छ । पहिलो उपाधिको नजिक रहेको आर्मीलाई भने बराबरी पर्याप्त छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *