दोस्रो टी-२० मा इङल्याण्डको रोमान्चक जित

डिसी नेपाल
३ फागुन २०७६ १३:२१

काठमाडौँ । इङल्याण्डले दक्षिण अफ्रीकालाई जारी टी-२० सिरिजको दोस्रो खेलमा २ रनले पराजित गरेको छ । निकै रोमान्चक खेलमा इङल्याण्डले दिएको २०५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाउदै २०२ मात्र बनाएपछि खेल २ रनले गुमाएको हो ।

दक्षिण अफ्रीकाका लागि कप्तान क्वेन्टन डिककले २२ बलमा ६५ आक्रामक रन बनाए भने भान डेर दुसेनले ४३ रन बनाए । त्यस्तै टेम्बा बभुमाले ३१ रन बनाए । त्यस्तै इङल्याण्डका बलर टम कुरान, क्रिस जोर्डन र मार्क वूडले २-२ विकेट लिए भने बेन स्टोकले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाएको थियो । इङल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ४७ रन बनाए भने जासन रोयले ४० रन बनाए । त्यस्तै मोइन खानले ११ बलमा ३९ रन बनाएका थिए । त्यस्तै जोनी बेरिस्टोले १७ बलमा ३५ रन बनाए भने कप्तान इयोन मोर्गनले २७ रन बनाए ।

दक्षिण अफ्रीकाका बलर लुंगी एनगिडीले ३ विकेट लिए भने एण्डिले फेहलुकवायोले २ विकेट लिएका थिए । इङल्याण्डका मोइन अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितसँगै ३ खेलको टी-२० सिरिज १-१ को बराबरी भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *