ए डिभिजन लिगः विजेता मछिन्द्रलाई ५० लाख, अन्य कुन टिमलाई कति?
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको ४३ औं संस्करण शनिबारबाट सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो । मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको हो।
अन्तिम खेलमा मछिन्द्रको जितमा आत्मघाती गोल निर्णायक बन्यो । ३३ औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए ।
उपाधिसँगै मछिन्द्रले ५० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले ३५ लाखमा चित्त बुझाएको छ। एन्फाले यस सिजन शीर्ष ६ मा रहने टिमलाई पुरस्कृत गरेको छ ।
कुन क्लबले कति पाए?
विजेताः मछिन्द्र (५० लाख)
उपविजेताः आर्मी (३५ लाख)
तेस्रोः मनाङ मर्स्याङ्दी क्लब (२५ लाख)
चौंथोः थ्री स्टार क्लब (१५ लाख)
पाँचौंः नेपाल पुलिस क्लब (७ लाख)
छैटौंः जावलाखेल युथ क्लब (५ लाख)
No ads found for this position


डिसी नेपाल
Facebook Comment