ए डिभिजन लिगः को–को भए उत्कृष्ट?

डिसी नेपाल
३ फागुन २०७६ २०:१६

काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान तथा फरवार्ड भरत खवास सहिद स्मारक ए डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिएका छन् । शनिबार सम्पन्न लिगमा आर्मीलाई उपविजेता बनाउन उत्कृष्ट भूमिका खेलेका कप्तान भरत उत्कृष्ट फरवार्ड चुनिएका हुन् ।

यस्तै उत्कृष्ट मिडफिल्डर च्याम्पियन टिम मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका अनन्त तामाङ, उत्कृष्ट गोलकिपर मनाङका दिप कार्की र उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटवाल चुनिए ।

उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले जनही १ लाख ५० हजार प्राप्त गरे । यस्तै लिगका युवा खेलाडी बन्दै एनआरटीका दर्शन गुरुङले मणिविक्रम शाह स्मृति युवा खेलाडी अवार्ड पाए । उनले १ लाख प्राप्त गरे । यस्तै फेयर प्लेको अवार्ड एनआरटीले जितेको छ।

उत्कृष्ट फरवार्डः भरत खवास (आर्मी)
उत्कृष्ट मिडफिल्डरः विशाल राई ‘बी’ (मछिन्द्र)
उत्कृष्ट डिफेन्डरः अनन्त तामाङ (थ्री स्टार)
उत्कृष्ट गोलकिपरः दिप कार्की (मनाङ)
उत्कृष्ट प्रशिक्षकः प्रवेश कटवाल (मछिन्द्र)
युवा खेलाडीः दर्शन गुरुङ (एनआरटी)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *