आईपीएलको मिति सार्वजनिक

डिसी नेपाल
३ फागुन २०७६ २२:२४

एजेन्सी । भारतको घरेलु लिग ईण्डियन प्रिमियर लिग (आईपीएल)को मिति सार्वजनिक भएको छ। आगामी मार्च २९ देखि शुरु हुने आईपीएलको पहिलो खेल मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच हुनेछ। मुम्बई साविक विजेता हो भने चेन्नई उपविजेता हो।

यस पटकको आईपीएल भारत र दक्षिण अफ्रिकाबिचको एकदिवसीय सिरिज सकिएको १८ दिनपछि सुरु हुनेछ। भारतको भ्रमणमा आउने दक्षिण अफ्रिकाले १८ मार्चमा अन्तिम एकदिवसीय खेल खेल्नेछ। आईपीएलको खेल तालिका सार्वजनिक नभएपनि फाईनल खेल २४ मे मा हुने क्रिकईन्फोले जनाएको छ। यस्तै लिगको अन्तिम खेल १७ मे मा मुम्बई र बेंगलोरबिच हुने बताईएको छ।

यसपटक आईपीइएलको खेल तालिकामा केही परिवर्तन गरेको बताइएको छ। यसपटक शनिबार एक मात्र खेल हुनेछ । अघिल्लो संस्करणमा शनिबार र आईतबार दुई-दुई खेल हुन् गथ्र्याे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *