नेपालीको उद्धार मिसनः ६ जना आउन पाएनन्, १७५ जना बोकेर वुहानबाट काठमाडौंका लागि उड्यो विमान

डिसी नेपाल
४ फागुन २०७६ ०:०८

काठमाडौ। कोरोना भाइरसको महमारी फैलिएको चीनबाट नेपालीको उद्धार गर्न चीन गएको नेपाल वायु सेवा निगमको विमानले १७५ जना नेपाली बोकेर चीनबाट काठमाडौंका लगि उडेका छ। नेपाल फर्किने निवेदन दिएका मध्ये ४ जना नेपाल आउन नमानेको बताइएको छ।

६ जनाको वुहान विमानस्थलमा स्वास्थ्य जाँच गर्दा शरीरको तापक्रम बढि हुँदा चीनले स्वदेश फर्किन नदिएको बताइएको छ। यसरी १० जना नआउँदा वायु सेवाको विमानले १८५ मध्ये १७५ जनालाईमात्र बोकेको जनाइएको छ। १७५ जना मध्ये १७० जना विद्यार्थी, २ बालबालिका, १ जागिरे र २ जना पर्यटक रहेको बेइजिंगस्थित नेपाली दुतावासले जनाएको छ।

काठामाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अहिले ३ बजे आइपुग्ने छ। त्यसपछि सबैको फेरि स्वास्थ्य परीक्षण हुनेछ । स्वास्थ्य परीक्षणपछि उनीहरु सबैलाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा कम्तिमा १५ दिन राखिने छ। स्वास्थ्य मन्त्रालयले क्वारेन्टाइनको सम्पूर्ण तयारी भइसकेको जनाइएको छ। यो मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ।

नेपाल सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तमा मात्र रहेका नेपालीको उद्धार गरेको हो। बेइजिंगस्थित दूतावासले स्वदेश फर्किन चाहने नेपालीको निवेदन संकलन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *