चीनबाट १७५ जना नेपाली बोकेर काठमाडौं आइपुग्यो विमान

डिसी नेपाल
४ फागुन २०७६ ६:३०

काठमाडौँ । कोरोना भाइरसको महमारी फैलिएको चीनमा रहेका १७५ जना नेपाली लिएर वायु सेवा निगमको विमान काठमाडौँ आइपुगेको छ ।

नेपालीहरुको उद्धार गर्न गएको नेपाल एयरलाइन्सको चार्टर विमान आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा आइपुगेको हो ।

आठमाडौँ आएसँगै उनीहरुको स्वास्थ्य परिक्षण गरेर अहिले भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिँदैछ । उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा राखेर निगरानीमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ेनेपाल सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तमा मात्र रहेका नेपालीको उद्धार गरेको हो। बेइजिंगस्थित दूतावासले स्वदेश फर्किन चाहने नेपालीको निवेदन संकलन गरेको थियो।

नेपाल फर्किने निवेदन दिएका मध्ये ४ जना नेपाल आउन नमानेको बताइएको छ।

६ जनाको वुहान विमानस्थलमा स्वास्थ्य जाँच गर्दा शरीरको तापक्रम बढि हुँदा चीनले स्वदेश फर्किन नदिएको बताइएको छ।

यसरी १० जना नआउँदा वायु सेवाको विमानले १८५ मध्ये १७५ जनालाईमात्र नेपाल ल्याएको जनाइएको छ।

१७५ जना मध्ये १७० जना विद्यार्थी, २ बालबालिका, १ जागिरे र २ जना पर्यटक रहेको बेइजिंगस्थित नेपाली दुतावासले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *