विश्वकप छनोटः अष्ट्रेलियासँगको खेलका लागि बन्द प्रशिक्षण फागुन १८ बाट

डिसी नेपाल
४ फागुन २०७६ १८:१५

काठमाडौं । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालको बन्द प्रशिक्षण फागुन १८ बाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मोफसल प्रतियोगिताको कारण खेलाडी व्यस्त रहने हुँदा टिमको तयारी फागुन १८ बाट हुने जानकारी गराएको छ ।

एन्फाले अष्ट्रेलियासँगको खेलका लागि शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ । नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ ।

योहान कालिनले घोषणा गरेको टोलीमा दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा परेका छन् । नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, फरवार्ड विमल घर्ति मगर र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् ।

प्रारम्भिक टोलीः

विकेश कुथु (गोलकिपर), विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *