सताक्षी गोल्डकपबाट मनाङ ‘आउट’

डिसी नेपाल
४ फागुन २०७६ १९:३२

काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको पहिलो खेलबाटै बाहिरिएको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै मनाङ बाहिरिएको हो ।

सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो भएको मनाङविरुद्ध जित निकाल्न आयोजकका मनिष थापाले निर्णायक गोल गरे । उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए । जितसँगै आयोजक सताक्षी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी गोल्डकपमा मनाङसहित, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टिम र भारत दार्जिलिङ एमएफसीले सहभागिता जनाएका छन् ।

विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *