शानदार जितसहित दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजमा ईंग्ल्याण्डको कब्जा

डिसी नेपाल
४ फागुन २०७६ २२:२१

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजमा ईंग्ल्याण्डले कब्जा जमाएको छ। तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै ईंग्ल्याण्डले तीन खेलको सिरिज आफ्नो नाममा गरेको हो। यसअघिको दुई खेलमध्ये पहिलो खेलमा अफ्रिकाले १ रनले जित निकोलेको थियो भने दोस्रो खेलमा ईंग्ल्याण्ड २रनले विजयी भएको थियो।

अन्तिम खेलमा दक्षिण अफ्रिकाले दिएको २२३ रनको लक्ष्य ईंग्ल्याण्डले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्यो। ईंग्ल्याण्डको जितमा कप्तान ईयोन मोर्गन, जोस बटलर र जानी बेयरस्टोले शानदार अर्धसतकीय पारी खेले। मोर्गनले २२ बलमा ५७ रन बनाएर नटआउट रहे भने बटलरले २९ बलमा ५७ तथा बेयरस्टोले ३४ बलमा ६४ रन बनाए। यस्तै बेन स्टोक्सले १२ बलमा २२ रन बनाए। दक्षिण अफ्रिकाका लुंगी एनगिडीले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका टेण्डा बवुमाले ४९ रन बनाए भने हेनरी क्लासेनले ६६ रन बनाए। यस्तै क्वीन्टन डी‘कक र डेभिड मिलरले समान ३५ रन बनाए। ईंग्ल्याण्डका टम कुरान र बेन स्टोक्सले समान २–२ विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *