एक दिवसीय वरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एक दिवसिय अन्तर्राष्ट्रिय वरियतामा सुधार गरेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ एकदिवसीय वरियतामा एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको हो ।

नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । नपालभन्दा पछाडी १७ औं स्थानमा नामिबिया, १८ औं यूएई, १९ मा अमेरिका र २० मा पप्पुवा न्युगिनी छन् ।

वरियाताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ । यस्तै भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्टेलिया पाँचौ स्थानमा छन् । पाकिस्तान छैटौं, बंगलादेश सातौ, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान शीर्ष १० मा छ ।

आयरल्यान्ड ११ औं, जिम्बावे १२ औं, नेदरल्यान्ड १३ औं, ओमान १४ औं र स्टकटल्यान्ड १५ औं स्थानमा छन् । नेपाल र अमेरिकासँगको त्रिकाणात्मक ओडीआई सिरिजमा शतप्रतिशत जितेको ओमानलाई ओडीआई वरियतामा राम्रो सहयोग पुगेको छ । टि ट्वान्टीमा भने नेपाल १२ औं स्थानमा यथावत छ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position