रियल मड्रिड बराबरीमा रोकिँदा बार्सिलोनालाई फाइदा

डिसी नेपाल
५ फागुन २०७६ ९:२३

काठमाडौँ । स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

रियलका लागि टोनी क्रुज र सर्जियो रामोसले एक एक गोल गरेका थिए भने सेल्टाका लागि फ्योडोर स्मोलोभ र सान्ती मिनाले एक एक गोल गरेका थिए । मिनाले खेलको ८५औ मिनेटमा गोल गर्दै रियललाई जितबाट बन्चित गरेका थिए ।

घरेलु मैदानमा खेलेको खेलको यो बराबरीपछि रियल म्याड्रिड बार्सिलोनामाथि ३ अंकको अग्रता लिने अवसरबाट भने चुकेको छ । रियल अब २४ खेलमा ५३ अंक हासिल गर्दै ५३ अंकसहित शिर्ष स्थानमा छ भने बार्सिलोना २४ खेलमा ५२ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै सेल्टा भने २४ खेलमा २१ अंकसहित लिगमा १७औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *