ठाटीकाँधमा स्काभेटर दुर्घटना चालक र सहचालक घाइते

डिसी नेपाल
५ फागुन २०७६ १६:०३

दैलेख । जिल्लाको पश्च्चिम ठाटीकाँध गाउँपालिकामा सडक खन्ने क्रममा स्काभेटर दुर्घटना भएको छ ।

सडक विभागअन्तर्गतको ठाटीकाँध–स्याउँलेकाँध जोड्ने हुलाकी सडक खन्ने क्रममा गाउँपालिकाको–६ भम्क स्थित पिपल चौतारा भन्ने ठाउँमा सोमबार बिहान दुर्घटना भएको हो ।

अँध्यारो समयमा सडक खन्दा चिप्लियर सडक भन्दाकरिब २० मिटर तल अड्किएको प्रहरी चौकि ठाटीकाँधले जानकारी दिएको छ ।

दुर्घटनामा स्काभेटर चालक गुराँस गाउँपालिका–३ का ५४ बर्षिय विकास मल्ल र सोही गाउँपालिका–५ का २३ बर्षिय नरेश कुमार भण्डारी सहचालक सामान्य घाईते भएका छन् ।
उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा उपचार भएर पनि डिस्चार्ज भईसकेको प्रहरी चौकि ठाटीकाँधका प्रहरी सहायकनिरिक्षक रत्न खड्काले बताए ।

डोजर सहचालकले चलाएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । स्काभेटर नयाँ भएकोले नम्बर प्लेट नभएकोे बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *