‘अर्धनारेश्वर’को ५१ फिट अग्लो मूर्ति स्थापना गरिँदै

डिसी नेपाल
७ फागुन २०७६ ६:४७

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना हुने भएको छ।

मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मूर्ति नेपालमै पहिलोपटक स्थापना गर्न लागेको हो।

प्राप्त शिलालेखअनुसार साके संवत् १५०४ शिव मन्दिर स्थापना उल्लेख छ । व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मूर्ति स्थापनाका लागि रु २६ लाख खर्च हुने र यसले लाटीकोइली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

मन्दिर व्यवस्थापनका लागि गत साउनमा लगाइएको शिवपुराण महायज्ञबाट सङ्कलित रु एक करोड सात लाख २९ हजार ९०० आम्दानीबाट मूर्ति स्थापना गर्न लागिएको हो।

उक्त बजेटमध्ये रु ८० लाख बैंक बचत गर्नुका साथै बाँकी रकम मूर्ति स्थापनाकार्यमा खर्च गर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *