जनताको आर्थिक स्रोत वुद्धि गर्ने कार्यक्रम ल्याउछौँ : मुख्यमन्त्री शाही

डिसी नेपाल
१० फागुन २०७६ ११:३६

सुर्खेत । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा सुर्खेतको सिम्तागाउँपालीकाको पर्यटकिय क्षेत्र कोटको थुम्का कोटश्वर मन्दीमा महाशिवरात्री महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका थिए।

विगत लामो समय देखी सिम्ताका पर्यटकीय क्षेत्र कोटको थुम्काकामा रहेको कोटेश्वर मन्दीरलाई प्रचार प्रसारका लागिवर्षेनी मेला तथा महोत्सवको आयोजना गर्ने गरिएको छ ।

महाशिवरात्रीको अवसरमा मेलासँगै विभिन्न खेलकुद र संस्कृतिककार्यक्रमको समेत आयोजनागर्ने गरिएको छ । कार्यक्रममा महेन्द्रबहादुर शाहीले सिम्ता कर्णालीप्रदेशकै नमुनागाउँपालीकाभएको बताए ।

अधिकांस समयगाउँपालीकाअध्यक्षकविन्द्र कुमार केसीकै प्रसंसामाउहाँको मन्तव्य रहेको थियो। मुख्यमन्त्रीशाहीले सिम्ताको शिक्षा, स्वास्थ्य,सडक सञ्जाल, खानेपानी र विद्युतमाभएको प्ररारम्भिकविकास प्रतिनिकै खूशी व्यक्तगरे।

सिम्ताको विकासकालागितीनवटैतहको साझेदारीमाअध्यक्ष केसीको रोडम्याप अनुसार काम अघि वढाउने उनको प्रतिवद्धता थियो।

सिम्तागाउँपालीकाले लिएको लक्ष्यअनुरुप साझेदारिक रुपमाकामगर्ने घोषणा गरेका छन् । सिम्ता सम्वृद्धिको लक्ष्यलाई सफलपार्न प्रदेश सरकारको तर्फबाट हुने गर्ने सहयोगमाकहिँकतै कन्जुस्याई नहुने जनाएको छ।

स्थानीय सरकारहरु धेरै ठुला सपनावुन्ने भन्दाजनताको आर्थिक श्रोतको वृद्धि तर्फ ध्यानदिन आग्रह गरिएको छ ।

जनताको समान्यआवश्यकता परिपुर्ति भए पछि मात्रै वल्लनागरिकको जिवन स्तर माथि उठ्न सक्छ ।

कर्णाली प्रदेशका पालिका तथा स्थानीयतहहरुले मुख्य त जनताको आर्थिक वृद्धि र आर्थिक स्रोत उपार्ज गर्ने माध्यममा वढि ध्यानदिनु पर्ने बताएको छ।

अन्यविकास निमार्णमा प्रदेश र संघिय सरकारबाट हुने भएकोले स्थानीयहरुले भने वढि भन्दा वढि नागरिकको जिवन स्तर माथि उकास्ने कार्यक्रममा गर्न जरुरी रहेको कुरा औल्याएको थियो।

सोहि अवसरमा विशेष अतिथी संघिय संसद धु्रवकुमार शाही र प्रदेश संसद ठम्मर विष्टले पनि ३ तहका सरकारले विकासमा हातेमालो गरि अघि वढ्ने कुरामा जोड दिएका थिए ।

देशमा ३० वर्षमा हुन नसकेको विकास ३ वर्षमै फटको मारेको विष्टको भनाई थियो। अझै विकासले तिव्रतादिन सकिरहेको छैन तर पनिविगत देखि अघि वढ्न नसकेका हरेक योजनाले तीव्रता लिईरहेको उनको भनाई थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *