सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत
जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सडक निर्माण गरेर मात्र विकास नहुने बताएका छन् । जाजरकोटको पश्चिमी क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने क्रममा छेडागाड नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा उनले जिल्लामा खानेपानी, विद्युत्, टेलिफोनको काम एक वर्षभित्र पूरा हुने बताए ।
पुराना निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद्द गरी नयाँ ठेक्का प्रक्रिया शुरु गरेर टेलिफोन टावरको काम शुरु गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए। कच्ची कटान भएको सडकमा कालोपत्रको काम सँगै बढाएर लैजानेसमेत उनको भनाइ थियो । जिल्लाका दुई ठाउँमा १५ श्ययाका नगर अस्पताल निर्माण शुरु भइसकेको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment