न्यूजिल्यान्ड र भारत पहिलो टेस्टः तेस्रो दिनको खेल सकिँदा भारत ३९ रनले पछाडि

डिसी नेपाल
११ फागुन २०७६ १४:०५

काठमाडौं। आईसीसी वर्ल्ड टेस्ट च्याम्पियन अन्तर्गत भारत र न्यूजील्याण्ड बिचको पहिलो टेस्टको तेस्रो दिनको खेल सकिएको छ । भारतले पहिलो पारीमा बनाएको १६५ रनको जवाफमा न्यूजिल्यान्डको पारी ३४८ रनमा सकिएको थियो । न्यूजील्याण्डको तर्फबाट कप्तान केन विलियमसनले सर्बाधिक ८९ रन बनाएका थिए ।

भारतका ईशान्त शर्माले ५ विकेट लिएका थिए । त्यसपछि ब्याटिङमा आएको भारतको सुरुवात खासै राम्रो रहेन । भारतले तेस्रो दिनको खेल सकिदा सम्म १४४ रन बनाएर आफ्नो ४ प्रमुख विकेटहरु गुमाई सकेको छ । भारतको लागि दोस्रो पारिमा मयंक अग्रवालले ५८ रनको पारी खेलेका छन भने अजिंके रहाने २५ र हनुमा बिहारी १५ रनमा अबिजीत रहेका छन ।

न्युजिल्यान्डका लागी ट्रेन्ट बोल्टले १७ ओभरमा ६ मेडन सहित २७ रन खर्चेर भारतका ओपनर पृथ्बी शाह, कप्तान बिराट कोहली र चतेश्वर पुजारा लाई पेभेलियनको बाटो देखाएका थिए । न्युजिल्यान्ड भन्दा ३९ रनले पछाडि रहेको भारतसंग ६ विकेट सुरक्षित रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *