१० लाखको मृत्युको कारक यो हत्यारा टेलिफोन जो लिलामीमा ३ करोडमा बिक्री भएको थियो

डिसी नेपाल
११ फागुन २०७६ १५:५२

काठमाडौं। कुनै फोन लाखौंको मृत्युको कारक बन्छ भन्दा हामीलाई आश्चर्य लाग्छ तर यो फोन भने लाखौंको मृत्युको कारक बनेको थियो । यो टेलिफोन १९४० को भएको बताइएको छ । बीबीसीका अनुसार २०१७ मा यो टेलिफोन सेट २ करोड ८० लाख रुपैयाँ (अढाइ लाख अमेरिकी डलर)मा बिक्री भएको थियो । लिलामीमा यो फोन कसले किन्यो भन्ने खुलासा भने गरिएको थिएन ।

यो फोन जर्मनीका खतरनाक तानाशाह हिटलरको हो । उनलाई विश्वका सबैभन्दा क्रुर तानाशाहमध्ये एक मानिन्छ । मूल रुपमा यो फोन कालो रंगको थियो जसलाई पछि रातो रंग लगाइएको थियो । यो फोनमा हिटलरको नाम र स्वस्तिक चिन्ह पनि अंकित छ । रिपोर्टका अनुसार १९४५ मा विश्वयुद्ध समाप्त भएपछि यो फोनलाई बर्लिनमा हिटलरको बंकरबाट बरामद गरिएको थियो । त्यतिबेलादेखि २०१७ सम्म यसलाई एक बाकसभित्र सुरक्षित रुपमा राखिएको थियो । २०१७ मा यसलाई लिलामीमा बेचियो ।

हिटलरलाई यो फोन वेरमेचले दिएका थिए । १०४० को दशकमा विश्वयुद्धको क्रममा हिटलरले यही फोनबाट आफ्ना नाजी सैनिकहरुलाई आदेश दिन्थे जुन आदेशअनुसार उनका नाजी सैनिकहरु बन्धक बनाइएका यहुदीहरुलाई गोली हानेर वा ग्यास च्याम्बरमा जलाएर मारिदिन्थे । हिटलर यहुदीहरुका कट्टर दुश्मन थिए । दोस्रो विश्वयुद्धको क्रममा पोल्याण्डमा हिटलरको नाजी सेनाले बनाएका यातना शिविरमा करिब १० लाख जनाले ज्यान गुमाएको बताइन्छ । यरी मारिनेमध्ये अधिकांश यहुदी थिए । नाजिहरुको यो यातना शिविर अहिले पनि पोल्याण्डमा छ जसलाई अस्त्विज क्याम्पको नामले चिनिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *