दैलेखमा पेट्रेलियम पद्धार्थको पहिलो चरणको अन्वेषण सकियो

डिसी नेपाल
१५ फागुन २०७६ १६:३२

दैलेख। दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम सम्पन्न सकिएको छ। साइस्मिक सर्भेको काम सकिएसँगै अन्वेषण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको चिनियाँ कम्पनीले जनाएको छ।

दैलेखको नाभिस्थान, शिरिस्थान, पादुका लगायत क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम बिहीबार सकिएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिए।

गएको कात्तिकमा शुरु गरिएको अन्वेषण अन्तर्गत जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे र साइस्मिक सर्भेको काम चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरेको अन्वेषण अधिकृत त्रिपाठीले जानकारी दिए।

अन्वेषण अन्तर्गत सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भे रहेको थियो। उनले चिनियाँ प्राविधिक टोली चीन फर्कने र अन्वेषणमा संकलन गरिएका डाटाको तीन महीनासम्म अध्ययन गरी पुनः फर्केर ४ किलोमिटर गहिराइसम्म मुख्य ड्रिलिङको काम पनि गरिने जानकारी दिएका छन्।

उनका अनुसार ड्रिलिङको काम आगामी वर्षको भदौ–असोजबाट शुरु गरिने र प्राविधिक टोलीले चाइना पुगेर कुन ठाउँमा ड्रिलिङ गर्ने भनेर म्यापिङ गर्ने र फेरि अर्को चिनियाँ टोली ड्रिलिङका लागि पुनः नेपाल आउने छ।

चिनियाँ प्राविधिक टोलीले गत कात्तिक महीनादेखि दैलेखका भैरवी, भगवतीमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको थियो।

चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनी र नेपाल सरकारको खानी तथा भूगर्व विभागबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो। सोही सम्झौताअनुसार अन्वेषणको काम भइरहेको छ।

सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *