कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नसा रोगको शल्यक्रिया हुँदै

डिसी नेपाल
१६ फागुन २०७६ १९:२७

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा न्यूरो सर्जरी (नसा रोगको शल्यक्रिया) सेवा शुरु हुने भएको छ । न्यूरो सर्जन डा निलम खड्का प्रतिष्ठानमा आएसँगै नसासम्बन्धी शल्यक्रिया सेवा शुरु हुने भएको हो ।

यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका डा खड्का आजदेखि काजमा आएसँगै सो सेवा शुरु भएको अस्पतालका निर्देशक डा.मङ्गल रावलले जानकारी दिए । नसाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्षअगाडि नै भित्र्याएको थियो ।

यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नसामा चोटपटक लाग्ने धेरै बिरामी आउने भए तापनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौँ सिफारिस गर्नुपर्ने बाध्यता थियो । जुम्लामा न्यूरो सर्जन पुगेसँगै अब टाउको र नसामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको निर्देशक रावलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *