सुनवल मेयरकप फुटबल प्रतियोगिता शुरु
परासी । स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मेयरकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ ।
नगरपालिकाको स्थापना दिवसको अवसर पारी आयोजना गरिएको प्रतियोगिताको तेस्रो संस्करण शुक्रबारदेखि सुनवल–१३ बडेरास्थित शहीद स्मृति रङ्गशालामा शुरु भएको हो । आगामी फागुन २६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नगरका प्रत्येक वडाबाट एक÷एक टोलीको सहभागिता रहेको प्रतियोेगिता संयोजक एवं सुनवल–१२ का वडाध्यक्ष यामलाल पाण्डेले जानकारी दिए ।
सुनवलमा १३ वडा रहेका छन् । उद्घाटन खेलमा सुनवल–८ ले सुनवल–४ लाई पराजित ग¥यो । प्रतियोगितामा विजेता टोलीले नगद रु एक लाख, उपविजेताले रु ६० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान भूमहीका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंले बताए ।
स्वास्थ्य र राष्ट्रको पहिचानका लागि खेल अतिआवश्यक भएको बताउँदै नगरप्रमुख भीमबहादुर थापाले भने, “यो प्रतियोगिताले नगरभित्रका खेलाडीहरुलाई प्रोत्साहन हुनेछ, कुशल खेलाडी उत्पादनमा टेवा पुग्नेछ, नयाँ खेलाडी उत्पादनमा हौसला मिल्ने हाम्रो विश्वास छ ।” यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न सक्ने र नेपालको पहिचान स्थापित गराउन सक्ने उनले बताए।
स्थानीयस्तरबाट खेलाडी उत्पादनलाई जोड दिँदै नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख दधिराम अर्यालले बताए । उनले भने, “हामीले भलिबल खेलाडीलाई प्रोत्साहन गर्न यसै वर्षदेखि उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन ग¥यौँ, ‘एक वडा एक खेल मैदान’ निर्माण गर्ने नगरपालिकाको नीतिलाई कार्यान्वयनमा लगेका छौँ, सुनवल–३ मा पनि कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेका छौँ ।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment