सुनवल मेयरकप फुटबल प्रतियोगिता शुरु

डिसी नेपाल
१६ फागुन २०७६ १९:५९

परासी । स्थानीयस्तरबाट फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले मेयरकप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ ।

नगरपालिकाको स्थापना दिवसको अवसर पारी आयोजना गरिएको प्रतियोगिताको तेस्रो संस्करण शुक्रबारदेखि सुनवल–१३ बडेरास्थित शहीद स्मृति रङ्गशालामा शुरु भएको हो । आगामी फागुन २६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नगरका प्रत्येक वडाबाट एक÷एक टोलीको सहभागिता रहेको प्रतियोेगिता संयोजक एवं सुनवल–१२ का वडाध्यक्ष यामलाल पाण्डेले जानकारी दिए ।

सुनवलमा १३ वडा रहेका छन् । उद्घाटन खेलमा सुनवल–८ ले सुनवल–४ लाई पराजित ग¥यो । प्रतियोगितामा विजेता टोलीले नगद रु एक लाख, उपविजेताले रु ६० हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको संयोजन गरेको राईजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान भूमहीका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंले बताए ।

स्वास्थ्य र राष्ट्रको पहिचानका लागि खेल अतिआवश्यक भएको बताउँदै नगरप्रमुख भीमबहादुर थापाले भने, “यो प्रतियोगिताले नगरभित्रका खेलाडीहरुलाई प्रोत्साहन हुनेछ, कुशल खेलाडी उत्पादनमा टेवा पुग्नेछ, नयाँ खेलाडी उत्पादनमा हौसला मिल्ने हाम्रो विश्वास छ ।” यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न सक्ने र नेपालको पहिचान स्थापित गराउन सक्ने उनले बताए।

स्थानीयस्तरबाट खेलाडी उत्पादनलाई जोड दिँदै नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख दधिराम अर्यालले बताए । उनले भने, “हामीले भलिबल खेलाडीलाई प्रोत्साहन गर्न यसै वर्षदेखि उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन ग¥यौँ, ‘एक वडा एक खेल मैदान’ निर्माण गर्ने नगरपालिकाको नीतिलाई कार्यान्वयनमा लगेका छौँ, सुनवल–३ मा पनि कभर्डहल निर्माणका लागि बजेट विनियोजन गरेका छौँ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *