युरोपा लिगः अन्तिम १६ को ‘ड्र’ सार्वजनिक

डिसी नेपाल
१६ फागुन २०७६ २२:०१

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ । युएईएफले शुक्रबार सार्वजनिक गरेको ड्र मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडलाई सहज प्रतिद्वन्द्वी परेको छ ।

युनाइटेडले अन्तिम १६ मा अस्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) सँग खेल्नेछ । यस्तै वुल्भ्सले ओलम्पिकाओससँग खेल्नेछ । स्पेनिस क्लब सेभियाले इटालियन क्लब रोमासँग खेल्नेछ । इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेसँग खेल्नेछ ।

रेन्जर्सले बायर लिभेरकुसेनसँग खेल्दा शाक्तर डोनेक्स्टले वुल्फवर्गसँग खेल्नेछ । बसेलले भने फ्रान्कफर्ट र साल्जवर्गबीचको विजेतासँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *