इंग्ल्यान्डका बलर वुडले श्रीलंकासँगको सिरिज गुमाउने

डिसी नेपाल
१६ फागुन २०७६ २२:१८

एजेन्सी । इंग्ल्यान्डका फास्ट बलर मार्क वुडले श्रीलंकाविरुद्धको टेष्ट सिरिज गुमाउने भएका छन् ।

ढाडको समस्या आएपछि मार्कले श्रीलंकाविरुद्धको सिरिज गुमाउने भएका हुन् । इंग्ल्यान्ड क्रिकेट बोर्डले मार्कको देब्रे ढाडको पाटामा समस्या देखिएको जनाएको छ ।

विश्वकपको फाइनलमा चोट बोकेका मार्कले यस अघि एसेज सिरिज समेत गुमाएका थिए । मार्कको स्थानमा सकिब महमुदले इंग्ल्यान्डको टेष्ट टिममा स्थानमा बनाएका छन् ।

इंग्ल्यान्डले दुई टेष्ट सिरिजका लागि मार्चमा श्रीलंकाको भ्रमण गर्नेछ । इन्ग्लिश टिम सोमबार श्रीलंका जाने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *