पहिलो इनिङमा भारत २४२ मा अलआउट, न्यूजिल्याण्डको बलियो सुरुवात

डिसी नेपाल
१७ फागुन २०७६ १२:५७

काठमाडौं। न्युजिल्याण्डको क्राइष्टचर्चमा जारी दोस्रो टेस्टको पहिलो पारीमा भारत २ सय ४२ रनमा अल आउट भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले राम्रो सुरुवात गर्न सकेन । ओपनिङमा आएका मायांक अग्रवाल ७ रन बनाएर आउट भए । कप्तान विराट कोहलीले पनि आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिँदै ३ रनमा आउट भए ।

टिमका लागि हनुमा विहारीको ५५ तथा चेतेश्वर पुजारा र पृथ्वी शाको समान ५४–५४ रनको योगदान रह्यो । ऋषभ पन्तले यसपटक पनि जादू देखाउन सकेनन् । उनी १२ रन बनाएर आउट भए । अन्तिममा आएका मोहम्मद शामी र जसप्रित बुमराहले क्रमशः १६ र १० रनको महत्वपूर्ण योगदान दिए ।

बलिङतर्फ काइल जेमिनसनले पाँच, टीम साउदी र ट्रेन्ट बोल्टले समान दुई–दुई तथा नील वाग्नरले १ विकेट लिए । न्यूजिल्याण्डले जवाफी ब्याटिङ थालिसकेको छ र बलियो सुरुवात गरेको छ । पहिलो दिनको समाप्तिमा न्यूजिल्याण्डले बिना कुनै विकेटको क्षति ६५ रन बनाएको छ । टम लाथम २७ र टम ब्लण्डेल २९ रन बनाएर क्रिजमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *