कोरोनाको जस्तै लक्षण भएका दुईजना विरामी टेकु अस्पतालको आइसोलेसनमा

डिसी नेपाल
१८ फागुन २०७६ १८:५७

काठमाडौं। कोरोना संक्रमितको जस्तै लक्षण भएका दुईजना नेपाली विरामी टेकुस्थित शुक्रराज टर्पिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्।

चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपालीको लक्षण कोरोनासँग मल्दिोजुल्दो देखिएपछि आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. वासुवेद पाण्डेले एकजना चीनबाट आएका र अर्का दक्षिण कोरियाबाट विरामीलाई आइसोलेसनमा राखिएको जानकारी दिए। उनले ती विरामीको स्वास्थ्य परीक्षणका लागि अमुना संकलनसमेत गरिएको बताए।

खरिपाटी क्वारेन्टाइनमा राखिएका १९५ जनाको स्वास्थ्य परीक्षण जारी रहेकाले टेकु अस्पतालको आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य परीक्षण सोमबार सोमबार सकिनेमा उनले आशंका व्यक्त गरे।

नेपालमा कोरोनाको आशंकामा यसरी आइसोलेसनमा राखिएको यो पहिलो घटना हो।

उत्तरी छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको कोरोना विश्वका ६० भन्दा धेरै देशमा फैलिएको छ।

चीनमा करिब ३ हजारको मृत्यु हुँदा चीन बाहिर पनि मृत्यु हुनेको संख्या हजार पुगेको छ। विश्व स्वास्थ्य संगठनले कुनै पनि मुलुक कोरोनाको चपेटामा पर्न सक्ने बताएको छ भने नेपाललाई उच्च जोखिममा राखेको छ।

सरकारले आइतबार मात्रै कोरोनाको सम्भावित जोखिमबाट बच्न मानिसहरुलाई भेला, भोजभतेर नगर्न अनुरोध गरेको छ। त्यस्तै सगरमाथा संवाद कार्यक्रम नै स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *