ट्याक्टरले ठक्कर दिँदा दुईजनाको मृत्यु भएपछि सुर्खेतमा तनाव

डिसी नेपाल
१८ फागुन २०७६ २२:०२

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बेलुका सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

सुर्खेत–जुम्ला सडक खण्डको दैलेखी चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ त ८१७६ नम्बरको ट्याक्टर र पूर्वबाट पश्चिमतर्फ गइरहेको भे ३ प ७४२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए। तीमध्ये दुई जनाको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्।

दुर्घटनामा खजुराका यमबहादुर विक र खगेन्द्र विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार अर्का कुलबहादुर भनिने तुलबहादुर रामझाली गम्भीर घाइते भएका छन्। उनको कालागाउँ प्रदेश अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। घाइते तीनै जनालाई उपचारको लागि अस्पताल लगिए पनि यमबहादुर र खगेन्द्रको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

ट्याक्टर चालक भेरीगंगा नगरपालिका–५ का गोपी बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि मृतकका आफन्तले जुम्ला रोडमा टायर बालेर प्रदर्शन गरेका छन्। मृतकका आफन्त र स्थानीयले पदर्शन गर्दा वीरेन्द्रनगरको अवस्था तानावपूर्ण बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *