महिला टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा

डिसी नेपाल
२० फागुन २०७६ ८:२०

काठमाडौँ । अस्ट्रेलियामा जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । १० देशले भाग लिएको महिला विश्वकपको समुह ए बाट समूहमा शिर्ष स्थानमा रहदै भारत सेमिफाइनलमा पुगेको छ । भारतले लिग चरणका चारै खेल जितेर ८ अंक हासिल गरेको हो । त्यस्तै अस्ट्रेलियाले ४ खेलमा ३ खेल जितेर ६ अंक हासिल गरेर समूहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै न्युजील्याण्ड, श्रीलंका र बंगलादेश समुह चरणबाट बाहिरिएका छन् । त्यस्तै समुह बी बाट इङल्याण्ड र दक्षिण अफ्रीका सेमिफाइनलमा पुगिसकेका छन् । लिग चरणका दुई खेल बाँकि रहँदै इङल्याण्ड र दक्षिण अफ्रीका ६-६ अंक हासिल गर्दै सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा को कुन टिमसँग खेल्ने भन्ने बारे समुह बिका लिग चरणका खेल सकिएपछि टुंगो लाग्ने छ । समुह बि मा रहेका वेस्टइन्डिज, पाकिस्तान र थाइल्याण्ड भने लिग चरणबाटै बाहिरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *