टी–ट्वान्टी वरियतामा नेपाल ३ स्थान घटुवा

डिसी नेपाल
२० फागुन २०७६ १०:३४

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको पुरुष वरियतामा नेपाल तीन स्थान तल झरेको छ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा पुगेको छ। यसअघि सार्वजनिक गरेको अघिल्लो वरियतामा पनि नेपाल १२ औँ स्थानमा रहेको थियो।

लगातारको खराब प्रदर्शनका कारण नेपालको वरीयतामा ठुलो गिरावट आएको हो। नेपालले पछिल्लो पटक खेलेका खेलमा निराशाजनक नतिजा हात पार्दै आएको छ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेको छ। टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ। यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन्।

नेपाल एकदिवसीय वरीयतामा भने १६ औं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *