एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट: थाइल्याण्डद्वारा नेपाललाई ६७ रनको सामान्य लक्ष्य प्रस्तुत
काठमाडौं । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिताको जारी खेलमा घरेलु टोली थाइल्याण्डले नेपालाई ६७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनायो।
थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे । फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए । यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए ।
नेपालका करण केसीले ३ विकेट लिए । अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १, १ रन बनाए ।
आज नेपाल पहिलो खेल जित्दै एसिया कपको छनोटमा पुग्ने दाउमा छ भने थाइल्याण्ड एशिया कपबाट बाहिरी सकेको छ ।
पाँच राष्ट्र सहभागी इस्टर्न रिजनको फाइनल पुग्ने दुई टिमले एसिया कप छनोटमा स्थान बनाउने छन्।
यसअघि दुई खेल हारेको नेपाले थाइल्याण्डलाई मात्रै जितेर पुग्दैन अन्य देशको खेलको नतिजामा पनि भर पर्ने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment