खुला स्क्वास राष्ट्रिय प्रतियोगिता यसै सातादेखि शुरु

डिसी नेपाल
२१ फागुन २०७६ १८:५९

काठमाडौं । नेपाल स्क्वास राकेटस सङ्घको आयोजनामा पशुपति रोड क्यारियर (पिआरसी) खुला स्क्वास प्रतियोगिता यसै सातादेखि सञ्चालन हुने भएको छ । यही फागुन २३ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित स्क्वास हलमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पिआरसीको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा पुरुष खुला, महिला खुला तथा मास्टर ४५ वर्ष भन्दामाथि गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा बेलायतको ब्रिटिस गोर्खा आर्मीका १० खेलाडीसहित गरी कूल ६० जनाभन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *