इशानको शतक, ग्रेट हिमालयको विजयी सुरुवात

डिसी नेपाल
२१ फागुन २०७६ २१:४०

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले काठमाडौं जिल्ला क्रिकेट सिनियर छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा ग्रेट हिमालयले फरेभर क्रिकेट ब्वाइजलाई ८७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

ग्रेट हिमालयले दिएको १ सय ९२ रनको लक्ष्य पछाएको फरेभर क्रिकेट २०.५ ओभरमा १ सय ४ रनमा अल आउट भयो । उसका आकाश चन्दले सर्वाधिक २३ रन बनाए । यस्तै जतिन थापाले १७ र जनक बिष्टले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । फरेभर क्लबलाई सस्तैमा समेट्न ग्रेट हिमालयका आरियो पौडेलले ४ तथा सन्दिप पराजुलीले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले २५ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका इशान पाण्डेले १०० रनको शतकीय इनिङ्स खेले । ७८ बल खेलेका उनले १४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै अविषेक बस्नेतले ३६ तथा भविष्य धामीले १३ रनको योगदान गरे । फरेभर क्लबका विलास पौडेलले २ तथा कृष्ण भट्ट र प्रजिन नपितले समान १–१ विकेट लिए ।

खेलका प्लेयर अफ दि म्याच इशान पाण्डे चुनिए । आजै भएको समूह सी को पहिलो खेलमा महावीर क्रिकेटले यांगल क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *