श्रीलंकाविरुद्धको पहिलो टी–२०मा वेष्ट ईण्डिज विजयी

डिसी नेपाल
२१ फागुन २०७६ २३:०३

एजेन्सी । वेष्ट इण्डिजविरुद्धको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका पराजित भएको छ । बुधबार राति भएको खेलमा श्रीलंका वेष्ट इण्डिजसँग २५ रनले पराजित भएको हो ।

वेष्ट इण्डिजले दिएको १ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ७१ रनमा समेटियो ।

श्रीलंकाका कुशल परेराले ६६ रनको अर्धशतकीय इनिङ्स खेल्दा वानिन्दु हसरंगाले ४४ रन बनाए । वेष्ट इण्डिजका ओशाने थोमस एक्लैले ५ विकेट लिए । रोभम्यान पावेलले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन जोडेको थियो । वेष्ट इण्डिजका लेन्ड्ल सिमोन्सले अविजित रहदै ६७ रन बनाए । यस्तै आन्द्रे रसेलले ३५, केइरन पोलार्डले ३४ तथा ब्राण्डन किङले ३३ रन बनाए । श्रीलंकाका लाथिस मालिंगा,इसुरु उडाना, लक्क्षन सान्डकान र वानिन्दु हसरंगाले एक–एक विकेट लिए ।

जितसँगै वेष्ट इण्डिजले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *