१ खेल बाँकी छँदै अस्ट्रेलियाविरुद्धको सिरिजमा दक्षिण अफ्रिकाको कब्जा

डिसी नेपाल
२२ फागुन २०७६ ८:३५

काठमाडौँ । दक्षिण अफ्रिकालेले अस्ट्रेलियाविरुद्धको जारी एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेल ६ विकेटले जितेर सिरिजमा २-० को अजेय अग्रता बनाएको हो । अस्ट्रेलियाले दिएको २७२ रनको लक्ष्य पच्छाएको दक्षिण अफ्रीकाले ४८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दक्षिण अफ्रीकाका लागि जान्नेमान मलानले शतकीय पारी खेलेका थिए । मलानले अविजित १२८ रन बनाएका थिए भने जेजे स्माउटले ४१ तथा हेइनरिच क्लासनले ५१ रन बनाएका थिए । त्यस्तै डेविड मिलरले अविजित ३७ रन बनाए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा अल आउट हुदै २७१ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्च र डि आर्ची शर्टले ६९-६९ रन बनाएका थिए भने मिचेल मार्शले ३६ र डेविड वार्नरले ३५ रन बनाए । दक्षिण अफ्रीकाका बलर लुंगी एनगिड़ीले ६ विकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच दक्षिण अफ्रीकाका बलर एनगिड़ी र ब्याट्सम्यान मलानलाई संयुक्त रुपमा दिइएको थियो । यसरी ३ खेलको सिरिज दक्षिण अफ्रीकाले एक खेल बाँकि हुदै जितेको छ । अब अन्तिम खेल मार्च ७ मा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *