अझै १ महिनासम्म खेलमैदानमा दर्शक जान नपाउने

डिसी नेपाल
२२ फागुन २०७६ ८:४३

रोम। कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै इटालीले देशभित्र हुने सम्पुर्ण खेल गतिविधिलाई बन्द रंगशालाभित्र सिमित गर्ने भएको छ। त्यहाँको सरकारले बुधबार सिरि ए फुटबलका सम्पूर्ण लिग खेलहरू तथा महिला-पुरुष सम्मिलित ६ देशिय फुटबल खेलहरू अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा खेलाउने निर्णय गरेको हो।

युरोपमा कोरोनाभाइरसको संक्रमणबाट इटाली सबैभन्दा बढी प्रभावित देश हो। त्यहाँ हालसम्म कोरोनाभाइरस सम्बन्धित ३ हजार ९० मामिला सार्वजनिक भएका छन् भने १०७ जनाको ज्यान गइसकेको छ। कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै यो साता युभेन्टस विरूद्ध एसी मिलान र नापोली विरुद्ध इन्टर मिलानको खेल स्थगित गरिएको थियो। यो निर्णय इटाली सरकारले बुधबार गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *